Trending :
 

सुन तोलामा ८ सय रुपैयाँले घट्यो

श्रावण ०५,२०८०

-आस्था न्यूज

साउन ५, २०८० काठमाडौं ।
शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन हालसम्मको उच्च विन्दु प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा छापावाला सुन कारोबार भएको थियो । तर, आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ८ सय रुपैयाँमा झरेको हो । 
 
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जएको छ ।
 
यता चाँदीको मूल्य भने अघिल्लो दिन मूल्यमा १५ रुपैयाँले घट्दै १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।