घट्यो सुन र चाँदीको मूल्य ,कतिमा भैरहेको कारोबार
-आस्था न्युज
श्रावण ७ ,२०८० काठमाडौँ ।
आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो ।आज गत साताको शुक्रबारको तुलनामा आज मूल्य घटेको हो ।
यस्तै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ रहेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा भएको थियो ।