Trending :
 

श्रीलंका हुँदै चाइना सीपीसीका पोलिटब्यूरो सदस्य युआन काठमाडौं भ्रमणमा

श्रावण ०७,२०८०

-आस्था न्यूज

साउन ७, २०८० काठमाडौं ।
नेपालको उत्तरी छिमेकबाट चीनबाट चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य समेत युआन च्या च्युन तीन दिने नेपाल भ्रमण क्रममा आइतबार काठमाडौं आइपुगेका छन् । दक्षिण एसियाका मुलुकहरुको भ्रमणमा रहेका उनी श्रीलंकाको भ्रमण सकेर नेपाल आएका हुन् ।
 
गत पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि यो चीनबाट हुन लागेको उच्चस्तरको भ्रमण हो । युआन चीनको चर्चित, ठूलो र शक्तिशाली सहरहरु मध्येको एक छोङछिङ सहरको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका हुन् । युआन छोङछिङ नगर कमिटीमा सीपीसीका सचिव हुन् । सचिव उक्त सहरको पार्टी प्रमुख हुने प्रावधान छ ।