Trending :
 

सौरभ ज्योतीको छ-जी बोलको गीत सार्वजनिक

श्रावण ०७,२०८०

-आस्था न्यूज

साउन ७, २०८० काठमाडौं ।
ज्योती ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतीले छ-जी बोलको गीत सार्वजनिक गरेका छन। उनले सो गीत नेवारी भाषा तथा प्रेमलाई समर्पित गरेर गाएका हुन् । छ-जी को  मनमोहक धुनले नेवारी भाषाको सांस्कृतिक सम्पदा लाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने प्रेमको चाहलाई व्यक्त गरेका छन् । 
 
ज्योतीले एक वर्षसम्म मन मस्तिष्क लगाएर रचेको छ-जीले दर्शक माँझ राम्रो प्रतिक्रिया पाउने आशा राखेको छ। नेवारी भाषामा भएतापनि यसको हृदय स्पर्शी धुन र भिडियो मार्फत् सबै पृष्ठभूमीका दर्शकहरु माँझ गहिरो छाप छोड्ने उनको विश्वास छ।  
 
यसै भिडियो मार्फत्  मोडल तथा अभिनेत्री ज्योत्सना योगीले डिरेक्टरियल डेब्यु गरेकी छन् भने जेम्स प्रधानले रचना तथा प्रडक्सन गरेका छन् ।