Trending :
 

आज पनि घट्यो सुनचांदीको मूल्य,कतिमा भैरहेको छ कारोबार

श्रावण ०८,२०८०

-आस्था न्युज

श्रावण ८ ,२०८० काठमाडौँ ।
आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो ।
 
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ रहेको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
 
 
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घट्दा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आउदा तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।