शास्त्रले साउनमा हरियो लगाउनुपर्छ भन्दैन, रातो पहिरन नै उत्तमः व्यास आचार्य

श्रावण ०८,२०८०

-आस्था न्यूज

साउन ८, २०८० काठमाडौं ।
पछिल्ला वर्षहरुमा साउनमा महिलाहरुका लागि हरिया कस्मेटिकले निक्कै आकर्षित बनाएको पाइन्छ । धेरै महिलाहरु साउनमा परिवारजनको दिर्घायुको कामना गर्दै हरियो पहिरनले सजिसजावट हुने गर्दछन् । मन्दिर जादा होस या अन्य दिन हातमा मेहन्दी र हरिया चुरा नलगाउनेहरु कमै भेटिन्छन् । 
 
व्यास आचार्य एकदेव उपाध्याय भने पछिल्ला समय यो विकृतिका रुपमा अघि बढेको बताउनुहुन्छ । शास्त्रमा साउन महिनालाई लिएर हरियो नै लगाउनपर्छ भन्ने कतै उल्लेख नभएकोले यो देखासिकिका रुपमा अघि बढेको चलन भएको उहाको भनाई छ । 
 
पहिला पहिला हातको छाला शुद्धिका लागि महिलाहरुले पिउरीको फूलहरु लगाउने चलन भएपनि यो मेहन्दी र हरिया चुरा लगाउन पर्छ भनेर कुनै शास्त्रमा नलेखिएको पनि स्पष्ट पार्नुभयो । झनै आजभोली मेहन्दी र हरिया चुरा बाढ्ने प्रचलन विकृतिका रुपमा देखा परेको उहाले बताउनुभयो । व्यास आचार्यले साउने सोमबारको ब्रत बस्दा पनि सफा र शुद्ध भएर रातो पहिरनमा नै पुजाअर्चना गर्न शास्त्रमा भनिएको र हरियोको प्रशंङ्ग कतै नभेटिएको पनि स्पष्ट पार्नुभयो । 
 
साउने सोमबारको ब्रत र पहिरनका बारेमा व्यास आचार्य एकदेव उपाध्यायसँगको कुराकानी तलको लिंकमा गएर हेर्न र सुन्न सक्नुहुने छ ।
 
https://www.youtube.com/watch?v=RVj1JqZ5Y48