Trending :
 

महिला विश्वकपमा इटलीले अर्जेन्टिनालाई १-० ले हरायो

श्रावण ०८,२०८०

-आस्था न्यूज

साउन ८, २०८० काठमाडौं ।
फिफा महिला विश्व कप फुटबल २०२३ मा इटलीले अर्जेन्टिनालाई हराएको छ ।
 
आज सोमवार न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा इटलीले अर्जेन्टिनालाई १-० गोलले हरायो । इटलीका लागि खेलको ८७ औँ मिनेटमा क्रिस्टिना गिरेलीले गोल गरिन् । यो जितसँगै समूह जी मा रहेको इटलीले ३ अङ्क जोडेको छ । 
 
विश्वकपमा आजै दिउँसो सवा २ बजे समूह एच को जर्मनी र मोरोक्को खेल्दैछन् । यस्तै बेलुकी पौने ५ बजे ब्राजिल र पनामा खेल्दैछन् ।
 
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।