Trending :
 

सेयर बजार २६.६६ प्रतिशतले गिरावट

श्रावण ०८,२०८०

-आस्था न्यूज

साउन ८, २०८० काठमाडौं ।
सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ।  साताको पहिलो कारोबार दिन आइतबार  ६३.२४ अंकले बढेको सेयर बजार आज २६.६६ प्रतिशतले ओरालो लागेको हो।
 
यसदिन २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँमा खरिद बिक्री भयो।
 
आइतबार ४ अर्ब ३७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
 
किसान लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा  नेपाल रिइन्स्योरेन्स  कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २५ करोड ५६ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
 
ग्लोबल आईएमई बैंकको १९ करोड बढि मूल्यको सेयर कारोबार भयो। यस्तै प्रभु बैंकको १५ करोड बढि मूल्यको कारोबार भयो। कारोबारमा  १३ उपसमूहमध्ये ११ को मूल्य घटेको छ। बाँकी दुई कम्पनी म्युचुअल फण्ड र अदर्शको मूल्य बढेको हो।