Trending :
 

देश समाजवादमा गएपनि भ्रष्टाचार स्वतः अन्त्य हुन सम्भव छैनः गृहमन्त्री श्रेष्ठ

श्रावण ०८,२०८०

-आस्था न्यूज

साउन ८, २०८० काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जवर्जस्त रुपमा गाँजेको बताएका छन् । समाजवादमा गएपछि पनि भ्रष्टाचार स्वतः अन्त्य नहुने भन्दै उनले यस्तो बताएका हुन् । 
 
पुष्पलालको ४६ औं स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिशनतन्त्रको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । 
 
साथै उनले नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्न नसक्दा जनतामा निराशा र विकर्षण रहेको स्वीकार गर्दै आर्थिक सामाजिक रुपान्तरणको प्रक्रिया धेरै धीमा र मन्द गतिमा सीमित रहेको बताए । 
 
No description available.