Trending :
 

बंगलादेशमा डेंगी महामारीबाट मर्नेको संख्या १७६ पुग्यो

श्रावण ०८,२०८०

-आस्था न्यूज

साउन ८, २०८० काठमाडौं ।
बंगलादेशमा डेंगी संक्रमणले महामारीको रुप लिँदा मृत्यु हुनेको संख्या १ सय ७६ पुगिसकेको छ । तीमध्ये १४ वर्षमुनिका बालबालिकाको संख्या ३१ छ । यो वर्ष सुरु भएयता पछिल्लो जुलाइको २३ दिन दिनको अन्तरालमा ११५ जनाको मृत्यु भएको छ ।
 
जवकि अघिल्लो वर्ष सोही अवधिमा मृत्यु हुनेको संख्या २९ थियो । पछिल्लो बुधबार भने एकै दिन मृत्यु हुनेको संख्या १९ थियो । जुन यस वर्षकै उच्च मृत्युदर भएको रेकर्ड गरिएको छ ।
 
बंगलादेश सरकारले आधिकारिक रुपमा घोषणा नगरे पनि दक्षिण एसियाली स्वास्थ्य विज्ञहरूले त्यहाँ डेंगीले महामारीको रुप लिएको बताएका छन् । यही वर्ष मात्रै झण्डै ३३ हजार डेंगीका बिरामीहरू अस्पताल भर्ना भएका छन् ।
 
बंगलादेशमा यसअघिका वर्षहरूमा अगस्ट र सेप्टेम्बरमा सबैभन्दा धेरै डेंगीका बिरामी अस्पताल भर्ना हुने गरेको तथ्यांक छ । पछिल्लो अवस्थाबारे पनि विज्ञहरूले चिन्ता व्यक्त गर्दै डेंगीले अझै जोखिम निम्त्याउनसक्ने भन्दै सचेत गराएका छन् ।
 
यसैबीच स्वास्थ्यविदहरूले संक्रमणलाई नियन्त्रणमा लिन सरकारले महामारी घोषणा गर्नुपर्ने र रोकथामका लागि तत्कालै कदम चाल्नुपर्ने सुझाव दिएका छन् । साथै वरिष्ठ चिकित्सकहरूसहित बंगलादेश मेडिकल एसोसिएसनले देशमा ुस्वास्थ्य संकटकालु घोषणा गर्दै नयाँ कदम चाल्नका लागि सरकारलाई सुझाव दिएका छन् । डेंगीका कारण बंगलादेशका हजारौं बालबालिकाहरू प्रभावित भएको बताइएको छ । एजेन्सी