Trending :
 

सुनको मूल्य बढेको दिन चाँदीको मूल्यमा भने सामान्य गिरावट

सुनचांदी

श्रावण ०९,२०८०

-आस्था न्युज

श्रावण ९ ,२०८० काठमाडौँ । 
आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो सोमबारको तुलनामा सुन प्रतितोला २०० रुपैयाँले मूल्यवृद्धि भएको महासङ्घले जनाएको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ रहेको बताएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ रहेको थियो ।
 
 आज चाँदीको मूल्य भने सामान्य गिरावट आएको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो ।आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।