Trending :
 

आकासिदै सुनको मूल्य,कतिमा भैरहेको छ कारोबार

श्रावण १०,२०८०

-आस्था न्युज

श्रावण १० ,२०८० काठमाडौँ ।
बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ रहेको छ। हिजो मंगलबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । 
 
यस्तै, आज तेजावी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले बढ्दा १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
यसैगरी, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट् १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।