Trending :
 

लगातार तेस्रो दिन पनि घट्यो सेयर कारोबार

श्रावण १०,२०८०

-आस्था न्यूज

साउन १०, २०८० काठमाडौं ।
मौद्रिक नीति पछिको लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । ७ साउन आइबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएको थियो ।
 
मौद्रिक नीतिको उक्त व्यवस्थासँगै आइतबार नेप्सेमा ६३ अंकको वृद्धि भयो । तर आइतबार बजार बन्द भएपछि राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले सबै सेयर धितो कर्जमा नभई ५० लाखभन्दा सानो कर्जाको मात्रै जोखिम भार घटेको बताएका थिए ।
 
२५ लाखसम्मको कर्जामा १०० प्रतिशत जोखिम भार रहेकोमा अब ५० लाखसम्म १०० प्रतिशत बनाएर ५० लाख भन्दा माथिको कर्जामा १५० प्रतिशत नै रहेको उनले बताएका थिए ।