Trending :
 

पश्चिमी अफ्रिकी देश नाइजरको सत्ता सैनिकको कब्जामा, राष्ट्रपति बजुमलाई हिरासतमा

श्रावण ११,२०८०

-आस्था न्यूज

साउन ११, २०८० काठमाडौं ।
पश्चिमी अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता हातमा लिएको छ । त्यहाँका सेना प्रमुखले देशको संविधान भंग भएको घोषणा गर्दै राष्ट्रपति मोहम्मद बजुमलाई सैनिक हिरासतमा लिएको बीबीसीले जनाएको छ ।
 
राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सैनिक प्रमुखले सबै सरकारी संस्थान र देशका सबै सिमाना बन्द गरिएको पनि बताएका छन् ।
 
कर्नेल अमादु अब्दराम अन्य नौ जना सैनिक अधिकृतहरुसँगै बसेर टेलिभिजनमार्फत् सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनले देशको सुरक्षा व्यवस्था लगातार बिग्रिँदै गएको र आर्थिक तथा सामाजिक व्यवस्था पनि नाजुक भएपछि शासन सत्ता हातमा लिएको बताएका छन् ।
 
उनले स्थिति स्थिर नहुन्जेल स्थल र हवाई सिमाना बन्द रहने बताएका छन् । उनले अर्को सूचना जारी नभएसम्मका लागि राति दश बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी पनि दिए ।
संयुक्त राष्ट्रसंघ र अमेरिका राष्ट्रपतिको पक्षमा
 
अमेरिकाले भने सेनाको हिरासतमा रहेका राष्ट्रपति बजुमलाई आफ्नो समर्थन गरेको जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले बजुमलाई अटुट समर्थन रहेको बताएका हुन् ।
 
यसैगरी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले पनि राष्ट्रपति बजुमसँग कुराकानी गर्दै उनलाई पूर्ण सहयोग गर्ने बताएको बताएका छन् ।
 
राष्ट्रपति बजुमले पश्चिम अप्रिmकामा इस्लामी उग्रवाद विरुद्धको लडाइँमा पश्चिमी देशलाई सहयोग गर्दै आएका छन् ।
 
Susan refugees fleeing towards South Sudan (file photo).