Trending :
 

मुद्दाबाट जोगिन धनीले फिर्ता गर्न थाले ललिता निवासको जग्गा

श्रावण १२,२०८०

-आस्था न्यूज

साउन १२, २०८० काठमाडौं ।
मुद्दाबाट जोगिन बालुवाटारस्थित ललितानिवास परिसरका जग्गाधनीले सरकारलाई जग्गा फिर्ता गर्न थालेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जग्गाधनीमाथि पनि अनुसन्धान थालेपछि जग्गा फिर्ता गर्न थालेका हुन् ।
 
सिआइबीले जग्गाधनीमध्ये एक सिपिका खेतानलाई पक्राउ गरेकोमा उनले डिल्लीबजार मालपोत कार्यालयमा जग्गा सरकारको नाममा नामसारी गरेकी थिइन् । जग्गा फिर्ता गरेर त्यसको जानकारी सिआइबीलाई दिँदै आफूलाई रिहा गर्न माग गरेकी छिन् । जग्गा फिर्ता गर्नेलाई साक्षीका रूपमा अदालतमा पेस गर्नेबारे सिआइबीले जिल्ला सरकारी वकिल कार्यालयसँग छलफल थालेको छ । 
 
खेतानको नाममा हाल ललितानिवास परिसरको आठ आना जग्गा छ । उनले व्यवसायी मीनबहादुर गुरुङसँग सो जग्गा खरिद गरेकी थिइन् । जग्गा जफतको प्रयोजनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 
 
दिनेश आचार्य, एसएसपी, सिआइबी
भूमाफिया गिरोहसँग संलग्न र पछि खरिद गर्ने दुई किसिमका जग्गाधनी यसमा छन् । सोहीअनुसार हामीले अनुसन्धान गरिरहेका छौँ । केहीले जग्गा फिर्ता गरेर निवेदन दिन थालेका छन् ।
 
सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य सो प्रकरणमा जग्गाधनीमाथि पनि अनुसन्धान भइरहेको र केहीले जग्गा फिर्ताको निवेदन दिन थालेको बताउँछन् । आजको नयाँ पत्रिकामा खबर छ ।