Trending :
 

म्यान्मारकी नेतृ सुचीलाई जेलबाट नजरबन्दमा पठाइयो

श्रावण १२,२०८०

-आस्था न्यूज

साउन १२, २०८० काठमाडौं ।
म्यान्मारकी नेतृ आङ सान सुचीलाई जेलबाट नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार सोमबार उनलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो । यसअघि उनलाई एक वर्ष एकान्त कारावासमा राखिएको थियो । सन् २०२१ फेब्रुअरीमा सेनाले म्यान्मारमा ‘कु’ गरेर सुचीलाई हिरासतमा लिएको थियो ।
 
त्यसपछि ७८ वर्षीया उनलाई ३३ वर्षको सजाय सुनाइएको थियो । दुई वर्षयता उनको अवस्थाबारे कुनै सूचना सार्वजनिक भएको थिएन । सत्ता परिवर्तनपछि सैन्य सरकारविरुद्ध अमेरिकार र अन्य पश्चिमा देशहरूले प्रतिबन्ध लगाएका छन् ।
 
आफ्ना नागरिकविरुद्ध हवाई आक्रमण गरेको र गाउँहरू तहसनहस पारेको आरोप सैन्य सरकारमाथि छ । यसबीचमा म्यान्मार सैन्य सरकारविरुद्ध पिपुल्स डिफेन्स फोर्स पनि संगठित भएको छ ।