Trending :
 

तोलामै ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

श्रावण १२,२०८०

-आस्था न्युज

श्रावण १२ ,२०८० काठमाडौँ । 
शुक्रवार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य साताको अन्तिम कारोबारको दिन ९ सय रुपैयाँले घट्दा १ लाख १२ हजार ६ सय रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।  
 
यसैगरी आज तेजाबी सुनको मूल्यमा तोलामा ९ सय रुपैयाँले नै घट्दा १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
 
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ४० रुपैयाँले घट्दा १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।