दोस्रो ओडिआई खेलमा भारतमाथि वेस्ट इन्डिजको सानदार जित
-आस्था न्यूज
साउन १४, २०८० काठमाडौं ।
घरेलु टोली वेस्टइन्डिजले दोस्रो ओडिआई खेलमा भारतमाथि सानदार जित दर्ता गरेको छ ।
वेस्ट इन्डिजले भारतमाथि ६ विकेटको सानदार जित हात पारेर तीन खेलको ओडिआई सिरिज १-१ को बराबरीमा पुर्याएको छ ।
भारतले दिएको १ सय ८२ रनको लक्ष्य वेस्टइन्डिजले ३६ दशमलब ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
वेस्टइन्डिजको जितमा कप्तान शाई होप ८० बलमा २ चौका र २ छक्कासहित अविजित ६३ रनको अर्धशतकीय ईनिङ खेले । केसी कार्टी ६५ बलमा ४ चौकासहित ४८ रनमा अविजित रहे ।
वेस्टइन्डिजलाई ओपनर ब्रेन्डन किंग र कायल मेयर्सले ५० बलमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।
मेयर्सले २८ बलमा ४ चौका र २ छक्कासहित ३६ तथा किंग २३ बलमा १५ रन बनाए ।
भारतका शार्दुल ठाकुरले ३ तथा कुलदिप यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङकोगरेको भारत ४० दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो।
भारतका ओपनर ईशान किशनले ५५ बलमा ६ चौका र १ छक्कासहित ५५ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । अर्का ओपनर शुभमन गिल ४९ बलमा ५ चौकासहित ३४ रनमा आउट भए ।
भारतलाई गिल र किशनले पहिलो विकेटका लागि १६ दशमलब ५ ओभरमा ९० रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए ।