Trending :
 

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

श्रावण १४,२०८०

-आस्था न्यूज

साउन १४, २०८० काठमाडौं। 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो।
 
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको हो।
 
प्रधानमन्त्री दाहालले शनिबार नै ओलीलाई फोन गरेका थिए। प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली आज बालुवाटार पुगेका थिए।
 
उनीहरूबीच प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद बैठक बोलाउने विषयमा छलफल भएको जनाइएको छ ।