Trending :
 

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम निरन्तर ओरालो

श्रावण १५,२०८०

-आस्था न्यूज

साउन १५,२०८० काठमाडौं ।
सोमबार नेप्सेमा सामान्य वृद्धि भएको छ । गत आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै ६३ अंकले बढेको नेप्से त्यसयताको ५ कारोबार दिनमा १२७ अंकको गिरावट भएको थियो । तर, सोमबार भने नेप्सेमा एकल अंककमे वृद्धि भएको हो ।
 
सोमबार बजार परिसूचक नेप्से ५.८४ अंकले वृद्धि हुँदा २१०६.१८ को विन्दुमा बन्द भएको छ । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने समयमा वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । 
 
सोमबार नेप्सेमा १३ वटा उपसूचक मध्ये व्यापार उपसूचक सर्वाधिक १.९७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.२६ प्रतिशतले बढेको छ । यस्तै बजारलाई लिग गर्ने बैंकिङ उपसूचक पनि ०.७४ प्रतिशले बढेको हो ।