Trending :
 

स्वास्थ्य नीति लागू गराएरै छाड्ने मन्त्री बस्नेतको प्रतिवद्धता

श्रावण १५,२०८०

-आस्था न्यूज

साउन १५,२०८० काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्नुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालद्वारा आज आयोजित दोस्रो ‘आधारभूत जीवन सहयोग’ दिवसमा उहाँले यसअघि स्वास्थ्य क्षेत्रको प्रयास अपर्याप्त भएकाले स्वास्थ्य नीति लागू गराएर द्रूत गतिमा काम आफ्नो प्रयास रहने बताउनुभयो । 
 
“यसअघिका स्वास्थ्य क्षेत्रका प्रयास अपर्याप्त देखिए, हामी यसमा प्रयासरत छौँ”, मन्त्री बस्नेतले भन्नुभयो । स्वास्थ्य क्षेत्रमा सुधार गर्न धेरै काम बाँकी रहेकाले आफु उक्त काममा दृढतापूर्वक लागेको उहाँको भनाइ थियो । “कर्मचारी दूर्गम जान नमान्ने, शक्तिको आडमा राजधानी र छेउछाउका जिल्ला मात्रै बस्न खोज्ने प्रवृत्तिलाई निमर्मताका साथ परास्त गरेको छु, अहिले चिकित्सकलगायत स्वास्थ्यकर्मी सरुवा र बढुवाका लागि मन्त्रालय धाउन छाडिसकेका छन्, अन्य विकृति हटाउन पहल गर्छु”, मन्त्री बस्नेतले भन्नुभयो ।  
 
चिकित्सकलाई तनावमुक्त भएर उपचार सेवामा लाग्न उहाँले आग्रह गर्नुभयो । मन्त्री बस्नेतले हालैको अनुगमनबाट राजधानीका अधिकांश फार्मेसी बिना स्वीकृति, बिना अध्ययन र बिना अनुभवीद्वारा सञ्चालनमा आएको तथा फार्मेसिष्टभन्दा दोब्बर फार्मेसी सञ्चालनमा आएको देखिएको उल्लेख गर्दै एक सय फार्मेसी अनुमगन गर्दा एउटाले मात्र स्वीकृति लिएर सञ्चालन गरेको पाइएको जानकारी दिनुभयो । 
 
सङ्घीय १६ अस्पतालमा तीन हजार पाँच सय २३ शैय्या गरिब तथा विपन्नका लागि छट्याएको उल्लेख गर्दै उहाँले १० प्रतिशत सबै अस्पताल तथा मेडिकल कजेजले छुट्याउने नीति सबैले लागू नगरेकले सरकारी अनुगमनमा तीव्रता दिइएको बताउनुभयो ।