Trending :
 

मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त

श्रावण १५,२०८०

-आस्था न्यूज

साउन १५,२०८० काठमाडौं ।
मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् ।
 
कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।
 
नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
 
मधेश सरकारले आज छैटौं पटक मन्त्रिपरिषद विस्तार गरेको हो ।  योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत् छन् ।