अस्ट्रेलिया र नाइजेरिया महिला विश्वकप फुटबलको अन्तिम १६ मा
-आस्था न्यूज
साउन १५, २०८० काठमाडौं ।
अस्ट्रेलिया र नाइजेरिया समूह ुबीु बाट महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् ।
आज सोमवार घरेलु मैदान मेलबर्नमा भएको खेलमा क्यानडालाई ३-० गोलले हराउँदै आयोजक अस्ट्रेलियाले नकआउटमा स्थान पक्का गरेको हो ।
अस्ट्रेलियाका लागि हेली रसोले २ तथा म्यारी फोलर र स्टेफेन क्याटलीले १र१ गोल गरिन् । अस्ट्रेलिया ३ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको हो । क्यानडा ३ खेलमा ४ अङ्कसहित तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।
आजै अस्ट्रेलियाको सनकोर्प स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्ससँग गोलरहित बराबरी खेल्दै नाइजेरिया अन्तिम १६ मा पुगेको छ । नाइजेरिया ३ खेलमा ५ अङ्कसहित दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो । नेदरल्यान्ड्स ३ खेलमा १ अङ्कसहित पुछारमा रहँदै बाहिरिएको छ ।
अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको नवौँ संस्करणको फाइनल खेल आउँदो अगस्ट २० मा स्टेडियम अस्ट्रेलियामा हुनेछ ।