Trending :
 

कोसीमा राप्रपा तटस्थ बस्ने

श्रावण १६,२०८०

-आस्था न्यूज

साउन १६, २०८० काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्न आग्रह गरेका छन्। 
 
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै लिङ्देनले कोशी प्रदेशमा कांग्रेस र एमाले अलग-अलग बस्दा मात्र राप्रपा निर्णायक हुने बताएका हुन्।
 
उनले कांग्रेस र एमाले मिलेर सरकार चलाउनु उपयुक्त हुने सुझाव दिए। उनले सरकार गठनको सवालमा राप्रपा तटस्थ बस्ने बताए।