Trending :
 

वैदेशिक रोजगारीमा गएका नेपालीको रेमिट्यान्स खातामा ८८ अर्ब निक्षेप संकलन

श्रावण १६,२०८०

-आस्था न्यूज

साउन १६, २०८० काठमाडौं ।
वैदेशिक रोजगारीमा गएका नेपालीले बैंक तथा वित्तीय संस्थामा खोलेको रोमिट्यान्स खातामा ८८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । 
 
यो गत वैशाखसम्मको तथ्यांक हो । उक्त अवधिसम्म खुलेका रेमिट्यान्स खातामा संकलन भएको कुल निक्षेपमध्ये ८६.४ प्रतिशत मुद्दती निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ ।
 
बैंकिङ प्रणालीबाटै धेरै भन्दा धेरै रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारले रेमिट्यान्स खातामा कम्तिमा एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था गरेको छ । सोही अनुसार त्यस्ता खातामा बैंक तथा वित्तीय संस्थाले प्रचलितभन्दा बढी ब्याज दिइरहेका छन् ।
 
सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि उक्त व्यवस्थालाई निरन्तरता दिएको छ । सरकारको निर्देशन बमोजिम नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थामा खाता खोली रेमिट्यान्स पठाएमा कम्तिमा एक प्रतिशत थप ब्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको उल्लेख छ ।