Trending :
 

भ्रष्टाचारको अभियोगमा बङ्गलादेशका विपक्षी नेतालाई ९ वर्षको जेल सजाय

श्रावण १८,२०८०

-आस्था न्यूज

साउन १८, २०८० काठमाडौं । 
बङ्गलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार नौ वर्षको जेल सजाय सुनाइएको छ ।
 
बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपीं) का कार्यवाहक अध्यक्ष ५५ वर्षीय तारिक रहमानलाई नौ वर्ष र उनकी श्रीमती जुबैदा रहमानलाई तीन वर्षको जेल सजाय सुनाइएको भ्रष्टाचार विरोधी आयोगका वकिल खुशीद आलम खानले एएफपीलाई बताए । 
 
खानले भने, “विपक्षी नेता रहमानलाई आय लुकाएको र आफ्नो आयभन्दा बढी सम्पत्ति जम्मा गरेको आरोपमा नौ वर्षको जेल सजाय सुनाइएको छ भने उहाँकी पत्नीलाई पतिलाई दुरुत्साहन गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।”
 
बीएनपीका वकिल मसूद अहमद तालुकदारले यो सजाय ‘शत प्रतिशत राजनीति प्रतिशोधबाट प्रेरित’ भएको बताउँदै तारिक रहमानलाई ‘डिसेम्बर-जनवरीको आम चुनावअघि राजनीतिबाट टाढा राख्न’ यो मुद्दा चलाइएको बताए । एजेन्सी