Trending :
 

एकीकृत समाजवादीबाट सिन्धुपाल्चोक जिल्ला इन्चार्ज कर्माचार्यलाई निष्कासन

श्रावण १९,२०८०

-आस्था न्यूज

साउन १९, २०८० काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) ले सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्यलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ।
 
शुक्रबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
 
‘पार्टीको नीति कार्यक्रम, संठनात्मक पद्धति तथा निष्ठाविरूद्ध क्रियाकलाप गरी अनेकौ पटक सम्झाउँदा पनि पार्टी हितविरूद्ध गतिविधि गर्न नछाडेकाले साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको पार्टी उपमहासचिव समेत रहेका खतिवडाले बताए ।
 
कर्माचार्य २०७८ माघ १९ गते एमाले परित्याग गरी समाजवादी प्रवेश गरेका थिए।
 
कर्माचार्य सिन्धुपाल्चोकका पुराना कम्युनिस्ट नेतामा गनिन्छन्। चितवन, सौराहामा भएको एमालेको दसौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य नबनाइएको भन्दै उनी रूष्ट बनेका थिए।
 
अहिले फेरि एमाले फर्कने तयारी गर्दै संवाद अघि बढाएपछि समाजवादीले कारबाही गरेको हो।