छिमेकी राष्ट्रहरूसँग कुनै पनि प्रकारको तनाव नचाहेको ओलीको भनाई
-आस्था न्यूज
साउन २०, २०८० काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्रहरूसँग कुनै पनि प्रकारको तनाव नचाहेको बताएका छन् । तर छिमेकीबाट त्यस्तो व्यवहार भएको भन्दै ओलीले असन्तुष्टि जनाएका छन् ।
एमालेको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा ९एमाले० को धारणा’ विषयक विचार गोष्ठी ओलीले नेपालले छिमेकीहरूसँग तनाव नखोज्ने र नझेल्ने बताए ।
ुहामीले हाम्रा छिमेकीहरूसँग मित्रतापूर्ण ढंगले, स्पष्ट ढंगले हाम्रा न्यायोचित हितहरूको सन्दर्भमा स्पष्ट दृष्टिकोण पेस गर्नुपर्दछ । कुराकानी गरेर संवादको माध्यामबाट समस्या समाधान गर्नुपर्छ, उनले भने, हाम्रो देशले कुनै तनाव खोज्नै सक्दैन, झेल्नै सक्दैन । हामीले कहिल्यै भारतलाई, एक पटक पनि नाकाबन्दी गरेका छौं र रु एक पटक पनि गरेका छैनौं । चीनलाई हामीले नाकाबन्दी गरेका छौं? तर भारतले त हामीलाई पटक(पटक गरेको छ ।’
नेपालको उत्तर र दक्षिणमा दुई ठूला छिमेको भएको र उनीहरूसँग ऐतिहासिक सम्बन्ध रहेको पनि ओलीको भनाइ थियो । दुवै छिमेकी सामान्यतयाः असल रहेको पनि उनले टिप्पणी थियो । मित्र राष्ट्रहरू भए पनि छिमेकमा भएपछि समस्या पैदा हुनसक्ने उनले बताए ।