Trending :
 

प्रचण्डले आज जवाफ दिएपछि माओवादी केन्द्रीय समिति बैठक आज सकिदै

श्रावण २१,२०८०

-आस्था न्यूज

साउन २१, २०८० काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । 
 
शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ । 
 
आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने नेताहरूले बताएका छन् । 
 
चार दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा २२१ नेताले आफ्नो धारणा राखेका छन् । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि बैठक सकिनेछ ।