Trending :
 

माओवादी केन्द्रले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने

श्रावण २१,२०८०

-आस्था न्यूज

साउन २१, २०८० काठमाडौं। 
नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ । 
 
दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नुअघि बसेको पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिए । 
 
२२ जना पदाधिकारी रहेको माओवादीका कसले कुन जिम्मेवारी पाए भन्ने सम्बन्धमा उनले खुलाइएको छैन्। 
 
अध्यक्ष प्रचण्डले  बैठकमा उठेको प्रश्नहरूको जवाफ दिएपछि केन्द्रीय समिति बैठक सकिँदै छ ।