Trending :
 

उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न भारतीय प्रशासनलाई सभामुखको आग्रह

श्रावण २१,२०८०

-आस्था न्यूज

साउन २१, २०८० काठमाडौं। 
सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 
 
आइतबार विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह समेत गरेका छन् ।