Trending :
 

संसद्को अवरोध हटाउने विषयमा सभामुखले आज शीर्ष नेतासँग छलफल गर्दै

श्रावण २२,२०८०

-आस्था न्यूज

साउन २२, २०८० काठमाडौं ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको अवरोध हटाउन शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । आज संसद् बैठक बस्नुअघि सभामुख घिमिरेले शीर्ष दलका नेतासँग छलफल गर्न लागेका हुन् । 
 
उनले मध्याह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक बोलाएका हुन् । आज संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 
 
सभामुख घिमिरेले हिजो सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि सहमति जुट्न सकेको थिएन । 
 
एमालेले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ ।