Trending :
 

एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी डा भुसाललाई

श्रावण २२,२०८०

-आस्था न्यूज

साउन २२,  २०८० काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा वेदुराम भुसालले पाउनुभएको छ ।
 
नेपाली एकता मञ्चले स्वीजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष माधवकुमार नेपाल आजदेखि आगामी भदौ १ गतेसम्म ती देशको भ्रमण गर्ने कार्यक्रम तय भएकाले उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।