Trending :
 

राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

श्रावण २२,२०८०

-आस्था न्यूज

साउन २२, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हमदेइ अहमेदले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको सो भेटमा उहाँहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । 
 
भेटमा राष्ट्रपति पौडेलले सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप-२७) सफलतापूर्वक सम्पन्न गरेकामा इजिप्ट सरकारलाई बधाई दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।