Trending :
 

सुन काण्डमा गृहमन्त्री श्रेष्ठमाथि अनुसन्धान हुनुपर्ने एमालेको माग

श्रावण २३,२०८०

-आस्था न्यूज

साउन २३, २०८० काठमाडौं ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि छानबिन हुनुपर्ने बताएको छ। मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  संसद्को गतिरोध अन्त्य गर्न बसेको तीन दलका शीर्षनेताहरूको बैठकपछि एमाले सचेतक महेश बर्तौलाले सुन तस्करीबारे पहिले नै सूचना पाउँदा पनि गृहमन्त्री श्रेष्ठ मुकदर्शक भएर बसेको आरोप लगाए।
 
ुराजश्व अनुसन्धान विभागले  सुन तस्करी हुँदैछ भनेर पहिले नै  प्रधानमन्त्री पुष्पकमल दाहाललाई सूचना आएको थियो भनेको छ, उनले प्रश्न गरे, प्रधानमन्त्रीलाई सूचना आउँदा गृहमन्त्रीलाई  थाहा हुन्छ कि हुँदैन? अर्थमन्त्रीलाई थाहा हुन्छ कि हुँदैन ?  यसकारण गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ। 
 
उनले सुन तस्करी प्रकरणमा गृहमन्त्रीबाट चित्त बुझ्दो जवाफ आएपछि मात्रै संसद चल्न दिने बताए। उनले भने, सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिनुपर्छ। चित्त बुझ्दो जवाफ नआउँदासम्म संसद अघि बढ्न दिँदैनौं।
 
उनले हरेक काण्डमा सरकारका पूर्वमन्त्रीदेखि सत्ता पक्षका नेताहरूको संलग्नता हुने गरेको आरोप लगाए। सुन काण्डको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नबनेसम्म सरकारको विरोध गरिरहने बताए।
 
तीन दलको शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्षको एजेण्डामा कुनै सहमति नजुटेको उनले बताए।