Trending :
 

सलमान खानको फिल्म ‘बडीगार्ड’का निर्देशक सिद्दीकी इस्माइलको निधन

श्रावण २४,२०८०

-आस्था न्यूज

साउन २४, २०८० काठमाडौं ।
चर्चित अभिनेता सलमान खानको बलिउड फिल्म ‘बडीगार्ड’का निर्देशक सिद्दीकी इस्माइलको हृदयघातबाट निधन भएको छ ।
 
उनी केही दिनयता निमोनिया र लिभरको बिरामीबाट पीडित थिए । उपचारका क्रममा हृदयघात भएर उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 
उनी मलयालम फिल्म उद्योगमा पनि चर्चित मानिन्छन् । उनले अन्तिम फिल्मका रूपमा ‘बिग ब्रदर’का लागि काम गरेका छन्, जुन फिल्म चर्चित बनेको थियो ।