Trending :
 

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

श्रावण २४,२०८०

-आस्था न्यूज

साउन २४, २०८० काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जानकारी दिएको हो ।
 
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ कायम थियो ।