Trending :
 

इक्वेडरमा राष्ट्रपति चुनावका एक उम्मेदवारको गोली हानी हत्या

श्रावण २५,२०८०

-आस्था न्यूज

साउन २५, २०८० काठमाडौं । 
इक्वेडरमा राष्ट्रपति चुनावका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ । देशको उत्तरी सहर क्विटोमा बुधवार आयोजित एक कार्यक्रममा राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सिओमाथि आक्रमण भएको थियो । आक्रमणबाट उनको मृत्यु भएको बीबीसीले जनाएको छ । 
 
समाचारमा जनाइएअनुसार ५९ वर्षीय भिल्लाभिसेन्सिओलाई तीन पटक गोली प्रहार भएको थियो । भिल्लाभिसेन्सिओ आफ्नो कारमा चढ्ने क्रममा एक व्यक्तिले उनको टाउकोमा गोली हानेका थिए।
 
त्यहाँ आगामी अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ। उनी राष्ट्रपति पदका उम्मेदवार थिए ।