Trending :
 

कांग्रेस सभापति देउवाले बोलाए संसदीय दलको समितिको बैठक

श्रावण २५,२०८०

-आस्था न्यूज

साउन २५, २०८० काठमाडौं । 
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् ।
 
४ बजे देउवा निवासमा बस्ने बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए ।
 
कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।
 
देउवाल समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् ।