अर्थ गतिविधि :
कार्तिक १९,२०७४
-
१९ कार्तिक,धादिङ्-
धादिङ्मा नि:शुल्क इन्टरनेट सेवा सुरु हुने भएको छ ।
जिल्लाको नीलकण्ठ नगरपालिकाअन्तर्गत १४ वटा वडा कार्यालय नगरपालिकाको कार्यालय र नगरपालिकाअन्तर्गत निर्माण गरिने चारवटा पार्कसमेत गरी २० स्थानमा आगामी पाँच वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुने भएको हो ।
नीलकण्ठ नगरपालिकाको पहिलो बैठकबाट नीलकण्ठ नगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेकाले त्यसको पूर्वाधारका लागि माइक्रोसफ्ट इनोमेशन सेन्टरसँगको साझेदारीमा उक्त सेवा उपलब्ध गराउन लागेको हो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र माइक्रोसफ्ट इनोमेशन सेन्टरका राष्ट्रिय निर्देशक वीरलोचन तुलाधरले शुक्रबार एक कार्यक्रमक बीच सम्झौतापत्रमा हस्ताक्षर समेत गरेका छन्।
प्रमुख समाचार