Trending :
 

सूचना प्रविधि

प्रिप्रेड मोबाइलको सीमकार्ड नि:शुल्क वितरण

' फोटो र नागरिकताको प्रतिलिपि मात्र बुझाएर रु ५० ‘ब्यालेन्स’ भएको सीमकार्ड पाउने'

चैत्र २२,२०७३

-

 

२२,२०७३चैत्र,बाग्लुङ्-  

बाग्लुङ्मा नि:शुल्क रुपमा सिमकार्ड वितरण गरिएको छ । 

नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा सीमकार्ड वितरण गरेको हो । 

 

यहाँ जारी चैत्राष्टमी मेलामा ‘स्टल’ नै राखेर टेलिकमले प्रिप्रेड मोबाइलको सीमकार्ड नि:शुल्क वितरण गरेको छ । 

दुई दिनमै एकहजार भन्दा बढीले सीमकार्ड लगेको टेलिकम कार्यालयले जनाएको छ । 

आउँदो बुधबारसम्म मेला भर्न आउने दर्शकलाई निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराइने कार्यालय प्रमुख केशव शर्माले बताए । ग्राहकले एकप्रति फोटो र नागरिकताको प्रतिलिपि मात्र बुझाएर रु ५० ‘ब्यालेन्स’ भएको सीमकार्ड निःशुल्क पाएका छन् । 

 

‘बजार प्रवर्धनक लागि र ग्राहकको सुविधाका लागि निःशुल्क रुपमा सीमकार्ड वितरणको व्यवस्था मिलाएका हौं’ कार्यालय प्रमुख शर्माले भने । 

मेला हेर्न आएको बेला अघिपछि रु एकसय पर्ने सीमकार्ड निःशुल्क रुपमा लान पाएपछि ग्राहाक खुसी छन् । बागलुङ नगरपालिका–१२ कि बिमाया परियारले नेपाल टेलिकमले ग्राहाकको मन जित्ने काम गरेको प्रतिक्रिया दिए । उनले मेलास्थलमै निःशुल्क सीमकार्ड पाएकोमा खुसी व्यक्त गरे । 

सीमकार्डको ‘स्टल’ मा फाराम भर्ने र सीमकार्ड लिने ग्राहकको भीड लागिरहेको टेलिकमका कर्मचारीले बताएका छन् ।

 

मेला, महोत्सवमा यसरी नै निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख शर्माले जानकारी दिए । टेलिकमले नयाँ मोबाइल टावर राखिएका ठाउँमा पनि केही दिनको ‘क्याम्प’ राखेर निःशुल्क सीमकार्ड बाँड्ने गरेको छ  रासस