Trending :
 

डुङ्गा पल्टिँदा १७ जनाको मृत्यु

श्रावण २५,२०८०

-आस्था न्यूज

साउन २५, २०८० काठमाडौं । 
बङ्गालको खाडीमा डुङ्गा पल्टिँदा पश्चिम म्यानमारको रखाइन राज्यको किनारमा १७ जनाको शव फेला परेको श्वे याउङ मित्तर फाउन्डेसनका सरकारी अधिकारी यार लाले बिहिबार सिन्ह्वालाई बताएका छन् । 
 
डुङ्गामा कम्तीमा ५५ जना सवार थिए र तीमध्ये आठ जनाको उद्धार गरिएको उनले बताए ।
 
खोजी तथा उद्धार कार्य जारी रहने  बताइएको छ ।