Trending :
 

स्वतन्त्र पार्टीले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने

श्रावण २६,२०८०

-आस्था न्यूज

साउन २६, २०८० काठमाडौं । 
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
 
रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गरेका छन् ।
 
साथै राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयमा कुनै पनि सेवा सुविधा नलिने सभामुखलाई जानकारी दिएका छन् ।
 
‘हालसम्म हामीले पाएको भए त्यसको मिलान गरिदिने व्यवस्थाका लागि उनले अनुरोध समेत गरेका छन् ।