Trending :
 

महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको अर्थमन्त्रीद्वारा जानकारी

श्रावण २६,२०८०

-आस्था न्यूज

साउन २६, २०८० काठमाडौं । 
अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको जानकारी दिएका छन् ।
 
शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले रोक्न सक्दैन । सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दुरगामी अवधारणा हो । महत्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ । देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ ।’
 
नेपालमा धेरै ठूलो संख्यामा युवा विदेशिएको सन्दर्भ निकाल्दै उनले यसमा महिलाको तुलनामा पुरुषको संख्या ठूलो रहेको बताए । सोहीकारण मुलुक भित्र स्थिरता दिन महिलाले भूमिका खेल्ने बताए । ग्रामिण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको भन्दै उनले यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने बताए ।
 
देशैभरि लघु उद्यम व्यवसायमा महिलाहरुको सहभागिता छ । घर–घरमा उत्पादन भएका विभिन्न सामग्री व्यवसायीले निर्यात गरिरहेको उनले बताए ।