Trending :
 

नवाजुद्दिन सिद्दिकीको दमदार अभिनय रहेको थ्रिलर फिल्म युट्युबमा हेर्न सकिने

श्रावण २७,२०८०

-आस्था न्यूज

साउन २७, २०८० काठमाडौं ।
नवाजुद्दिन सिद्दिकी दमदार अभिनयका लागि चर्चित छन्। जस्तो सुकै भूमिका होस्, उनी त्यसमा खरो नउत्रिएको कुनै पात्र होला सायद ।
 
सन् १९९९ मा सरफरोश र शूल जस्ता फिल्ममा सानो भूमिकाबाट बलिउड प्रवेश गरेका उनले एक दशकसम्म साना भूमिकामै अभिनय गरेर चित्त बुझाउनु पर्‍यो। बलिउड हिरो मा हुने सुन्दर अनुहार, सुगठित शरीर, नाच्न जान्ने केही गुण नभएका उनलाई बलिउडमा स्थापित हुने लामो समय लाग्यो।
 
सन् २०१० मा पिप्ली लाइभ र २०११ मा पतंगः द काइटु जस्ता फिल्ममा उनी अलि लामा भूमिकामा देखिए। सन् २०११ मा देख इन्डियन सर्कसु फिल्मले उनलाई उत्कृष्ट अभिनेताको पुरस्कार दिलायो। सन् २०१२ को तलाशु, कहानी र ग्यांग्स अफ वासेपुरु जस्ता फिल्मले उनको करिअरलाई नै नयाँ उचाइ दियो।
 
त्यसपछिका वर्षमा अभिनय गरेका धेरै फिल्मले उनी निरन्तर निर्देशक, दर्शक र समीक्षकहरूको मन जित्न सफल छन्। देशभित्र र बाहिरका धेरै फिल्म महोत्सवमा उनको अभिनयको तारिफ हुन्छ।
 
दमदार अभिनयकै बलमा उनले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड समेत पाइसकेका छन्। उनले आफूलाई बलिउडकै सबभन्दा उम्दा अभिनेताका रूपमा स्थापित गरिसकेका छन्। सहायक अभिनेता, खलपात्र वा मुख्य अभिनेता, सबैखालका भूमिकामा उनी सफल छन्। फिल्म व्यावसायिक रूपमा सफल होस् वा असफल, नवाजुद्दिनको करिअरमा त्यसको खासै असर परेको देखिन्न।
 
आफूले निर्वाह गर्ने चरित्रको मनोदशाअनुसार अभिनय गर्नु, डायलग डेलिभरी र बडी ल्यांग्वेजु मा पनि पात्रअनुसारकै हेरफेर ल्याउनसक्ने नवाजुद्दिनले बलिउडको हिरो को परिभाषालाई फराकिलो बनाएका छन्।
 
पर्दामा हिरो नभएर चरित्रअनुसारको जीवन बाँच्ने कलाकार हुन् नवाजुद्दिन। हेरौं उनको एउटा यो फिल्म : https://www.youtube.com/watch?v=hjcXkivEl5A