युरोप भम्रण छोट्याएर माधव नेपाल भोलि स्वदेश फर्किने
-आस्था न्यूज
साउन २७, २०८० काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युरोप भम्रण छोट्याउदै आइतबार नेपाल फर्कने भएका छन् । स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन आएका उनी म्याड्रिडस्थित नेपाली दूतावासमा छन् ।
पूर्वप्रधानमन्त्री नेपाल आइतबार म्याड्रिडबाट कतार एयरलाइन्स हुँदै नेपाल फर्कन लागेका उनी निकट स्रोतले जानकारी दिएको छ ।
ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि विदेश भ्रमणमा गएको भन्दै आलोचना खेपिरहेका बेला उनले १० दिने भम्रणलाई छोट्याएका हुन् ।
पूर्वप्रधानमन्त्री नेपालको यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनि सोमबार स्वीट्जरल्यान्डको जेनेभा आएका थिए । उनले क्रोएसिया र बेलायत जाने कार्यक्रम रद्ध गरेका हुन् ।
आइतबार नेपाल फर्कने तयारी गरिरहेका पूर्वप्रधानमन्त्री नेपाल शनिबार बार्सिलोना आइपुगेका छन् । पर्यटकीय सहर बार्सिलोनाको विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर ‘सग्रादा फैमिलियाको उनले अवलोकन गर्दैछन् ।