Trending :
 

एक अर्कालाई विश्वास गर्दै निगरानी गर्न भन्सारका कर्मचारीहरुलाई निर्देशन

श्रावण २८,२०८०

-आस्था न्यूज

साउन २८, २०८० काठमाडौं । 
अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिएका छन् ।
 
भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् । उनले कार्यालय प्रमुख र एकअर्कालाई ‘ट्रष्ट बट चेक’ भन्याजस्तै त्यहाँभित्र पनि चेक एण्ड ब्यालेन्सको कुराहरु गरे ।
 
उच्च मनोबलका साथ काम गर्न भन्सारका कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री महतले भन्सार कार्यालयको स्तरवृद्धि र कर्मचारीहरुको क्षमता वृद्धिका लागि सरकारले पूरा सहयोग गर्ने बताए ।
 
उनले हरेक कार्यालयलाई एक्सन प्लान बनाएर काम गर्न पनि निर्देशन दिए । साना भन्सार कार्यालयका कर्मचारीहरुलाई आफूलाई सानो नठान्न आग्रह गर्दै उनले गहन जिम्मेवारीमा रहेको स्मरण गराए । 
 
भन्सार छली र अवैधानिक काम नहोस् भन्नेमा सतर्क रहन निर्देशन पनि उनले दिएका छन् ।