Trending :
 

नेपाल आरोहण खेल सङ्घको अध्यक्षमा धरेल

श्रावण २८,२०८०

-आस्था न्यूज

साउन २८, २०८० काठमाडौं । 
नेपाल आरोहण खेल सङ्घको छैटौँ अधिवेशनले अध्यक्ष हरि धरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । 
 
सङ्घको वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्षमा सुनारबहादुर गुरुङ, मनोनीत उपाध्यक्षमा ल्हाक्पा शेर्पा, महासचिवमा सन्तोष मादेन, सचिवमा सुजित कँडेल, सचिवमा सञ्जीव गुरुङ, कोषाध्यक्षमा कान्छी डोल्मा ह्योल्मो र सह(कोषाध्यक्षमा प्रणीलमान श्रेष्ठलाई निर्वाचित हुनुभएको छ । 
 
त्यस्तै सदस्यहरुमा अशोक लामा, रामकाजी तिवारी, डोलेन्द्रराज दाहाल,  मनराज शिंखडा, राजेश धरेल, मञ्जु गिरी, शिवबहादुर सापकोटा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोविन्द भट्टराई र उपसल्लाहकार पि।एन अधिकारी मनोनीत गरेको छ । नवनिर्वाचित कार्यसमितिका सदस्यलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य(सचिव जीवनराम श्रेष्ठले खादा तथा अबिर लगाएर शुभकामना दिनुभएको थियो ।
 
अधिवेशन उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले खेलाडी राष्ट्रका गौरव र गहना भएकाले उनीहरुलाई पालिकाबाट प्रोत्साहन गरिने बताउनुभयो । उहाँले टोखा नगर क्षेत्रमा आरोहण पर्यटनको प्रवर्द्धनका लागि आवश्यक जग्गा उपलब्ध गराई अन्तर्राष्ट्रिय स्तरमा खेल पर्यटनको गन्तव्यस्थल बनाउन पहल गर्न लागिएको जानकारी दिनुभयो ।