Trending :
 

कांग्रेस संसदीय दलको बैठक आज सकिने

श्रावण २९,२०८०

-आस्था न्यूज

साउन २९, २०८० काठमाडौं । 
सत्तारूढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ । 
 
शुक्रबार र आज बसेको संसदीय दलको बैठकमा ५० जना सांसदहरूले धारणा राखेका छन् । बैठक आज सकिने बताइएको छ । 
 
बैठकमा धेरै विषयमा कुरा उठेको र ती विषयहरूलाई समेटेर महत्वपूर्ण प्रस्ताव पारित गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 
 
कांग्रेस संसदीय दलको बैठकमा सरकार बदल्ने, ढाल्ने वा अर्को बनाउने विषयमा कुनै छलफल नभएको नेताहले दाबी गरेका छन् ।