Trending :
 

प्रधानमन्त्री प्रचण्ड भदौमा न्यूयोर्क र चीन भ्रमणमा जाने

श्रावण २९,२०८०

-आस्था न्यूज

साउन २९, २०८० काठमाडौं । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी महिना न्यूयोर्क र चीन भ्रमणमा जाने भएका छन् ।
 
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन न्यूयोर्क जाने र उतैबाट १९औं एसियाली खेलकुदमा सहभागी हुन चीन जाने प्रचण्डको तयारी छ ।
 
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क र चीन भ्रमणको तयारी सुरु गरिसकेको छ ।